परीक्षा नियम

परीक्षामा बस्नको लागि पूरा गरेको हुनुपर्ने सर्तहरू

तल लेखिएका सर्तहरू पूरा गरेका व्यक्तिहरूले "आधारभूत जापानिज भाषाको लागि जापान फाउन्डेशन परीक्षा" (यस उप्रान्त "यो परीक्षा" भनिनेछ) मा दिन सक्नेछन्।

(1) जापानी भाषा मातृभाषा नभएको व्यक्ति
(2) इन्डोनेशियाको नागरिक भएमा, परीक्षाको मितिमा, इस्वी संवतको आधारमा १८ वर्ष वा सो भन्दा बढीको व्यक्ति
(3) म्यानमारको नागरिक भएमा, परीक्षाको मितिमा, इस्वी संवतको आधारमा १८ वर्ष वा सो भन्दा बढीको व्यक्ति
(4) जापानमा परीक्षा दिने खण्डमा, परीक्षा दिने व्यक्तिले माथि उल्लेख गरिएका (1)~(3) का सर्तहरू पूरा गर्नुका साथै सो व्यक्तिसँग जापानको बसोबास योग्यता (भिसा) हुनुपर्नेछ (छोटो अवधिको बसोबास योग्यता (भिसा) पनि स्वीकार्य हुनेछ)

परीक्षा दर्ता, परीक्षाको स्कोर, तथा अन्य जानकारीका लागि बुझाइएको विवरणको प्रयोग

  1. जापान फाउन्डेशनले यो परीक्षाका लागि परीक्षा दर्ताको प्रयोजनमा बुझाइएको व्यक्तिगत विवरण उपयुक्त तवरमा तथा व्यक्तिगत विवरणको सुरक्षाका लागि जापानको ऐन तथा अन्य सान्दर्भिक कानून तथा मार्ग-निर्देशिकाहरूको पालन गर्दै प्रयोग गर्छ, तथा यो परीक्षा सम्बन्धी प्रयोजनमा मात्र विवरणको प्रयोग गर्छ। परीक्षा दर्ता तथा परीक्षाको स्कोरका लागि बुझाइएको जानकारी सहित विभिन्न विवरणलाई, जापान फाउन्डेशनद्वारा कुनैपनि व्यक्तिको पहिचान नखुल्ने गरि यो परीक्षाका सम्बन्धमा तथ्याङ्क विश्लेषण, अनुसन्धान, वा तालीमका लागि प्रयोग गरिने छ। जापान फाउन्डेशनले आवेदकहरूबाट लिइएको व्यक्तिगत विवरणलाई व्यक्तिको पहिचान खुल्ने गरि कुनैपनि तेस्रो पक्षहरूलाई जानी जानी खुलासा गर्दैन। यद्यपि, यो निम्न तीनवटा अपवादहरूमा लागु हुँदैन:
    • विवरणको अनुरोध वैधानिक कारणहरूका आधारमा गरिएको स्थितिमा
    • विवरण दाताबाट विवरण उपलब्ध गराउने अनुमति पहिला नै प्राप्त गरिएको स्थितिमा
    • सङ्कलन गरिएको विवरणको प्रशोधन गर्नलाई जापान फाउन्डेशनद्वारा ठेकेदारहरूलाई दिइएको कार्यहरू पूरा गर्ने, आदि कार्यमा आवश्यक पर्ने हद सम्म मात्र विवरणको खुलासा गरिने स्थितिमा
  2. यो परीक्षामा दर्ता गर्नका लागि बुझाइएको व्यक्तिगत विवरणको प्रयोग गर्ने प्रयोजनबारे सूचना प्राप्त गर्ने, विवरणको खुलासा गर्ने, सामाग्रीहरूको भूल सुधार गर्ने, विवरण थप्ने वा मेटाउने, विवरणको प्रयोगलाई बन्द गर्ने, विवरण हटाउने, तथा यो विवरण तेस्रो पक्षहरूलाई दिनबाट रोक्ने कुनैपनि अनुरोधमाथि जापान फाउन्डेशनको व्यक्तिगत विवरण संरक्षण नीति अनुसार कारबाही गरिने छ। प्राप्त गरिने व्यक्तिगत विवरणलाई व्यक्तिले सहमति प्रदान गरेको सीमाहरू अन्तर्गत मात्र कारबाही गरिने छ।
  3. जापान फाउन्डेशनले ठेकेदारहरूलाई उपरोक्त हद अन्तर्गत केही अंश व्यक्तिगत विवरण प्रशोधन गर्ने जिम्मा लगाउँदा ठेकेदारहरूका लागि व्यक्तिगत विवरणको प्रयोग गर्ने प्रयोजनका लागि उपयुक्त सुरक्षा व्यवस्थापन उपायहरू लागु गर्दछ।
  4. यदि जापानको वा यो परीक्षा सञ्चालन गरिने राष्ट्रको कुनै सरकारी निकायद्वारा अनुरोध गरिएको भएमा, जापान फाउन्डेशनले आवेदक तथा उनीहरूको परीक्षा परिणामहरूबारे व्यक्तिगत विवरण सम्बन्धित सरकारी निकायलाई जारी गर्नेछ।
  5. जापान फाउन्डेशनले जापानको वा अन्य राष्ट्रहरूको सरकारी निकाय, शैक्षिक संस्थानहरू जस्तै विश्वविद्यालय, निगम, वा अन्य संस्थानहरूद्वारा, सोधपुछहरू उपयुक्त कारणहरूमा गरिएको अवस्थामा, यो परीक्षाका लागि परिणाम सूचना पत्रहरूको सामाग्रीहरूको प्रमाणिकताका बारेमा सोधपुछहरूको जवाफ दिनेछ।

खराब आचरण

परिक्षार्थीले यो परीक्षा सञ्चालन गर्न अधिकार प्राप्त ठेकेदार (प्रोमेट्रिक जापान कम्पनी लिमिटेड) द्वारा खराब आचरण ठहर गरिने कार्यहरूमा संलग्न भएमा, अथवा जापान फाउन्डेशनलाई कुनैपनि कारणले स्कोरको वैधताबारे कुनैपनि शङ्का लागेको अवस्थामा, फाउन्डेशनले निम्न उपायहरू अपनाउने अधिकार सुरक्षित राख्छ: पुनः-परीक्षा गर्ने, परीक्षा परिणामहरूलाई रद्द तथा अमान्य घोषणा गर्ने (विगतमा दिएको परीक्षाहरू लगायत), परिक्षार्थीलाई परीक्षा परिणामहरूबारे सूचना नदिने, तथा/वा परिक्षार्थीलाई भविष्यमा यो परीक्षामा बस्नबाट रोक्ने। परीक्षा परिणामहरू रद्द तथा अमान्य घोषणा गरिएको अवस्थामा, यदि उक्त परिणामहरूबारे निगम, स्कूल, वा अन्य संस्थानहरूबाट कुनैपनि सोधपुछ गरिएको भए, उनीहरूलाई सम्बन्धित परिणामहरू अमान्य गरिएको जानकारी गराइने छ।

जापान फाउन्डेशनले परिक्षार्थीद्वारा भोग्नु परेको कुनैपनि क्षतिहरूका लागि तथा/वा पुनः-परीक्षा सञ्चालन गरिएको, परीक्षा परिणामहरूको अमान्य बनाइएको, परीक्षा परिणामहरूको सूचना नदिएको, वा भविष्यमा परीक्षामा बस्नबाट रोक लगाइने जस्ता कारणले प्राप्त हुन गएको कुनैपनि उजुरहरूबारे कुनै जिम्मेवारी वहन गर्दैन।

लागु मिति: मार्च 20, 2019
संशोधन मिति: सेप्टेम्बर 20, 2019
संशोधन मिति: फेब्रुअरी 1, 2021

LANGUAGE
  • wovn-lang-name